‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अवैध लागू औषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौं ।​​​​​​​ अवैध लागु औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका -१० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । 

लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : १२ बजे