‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कुटपिटबाट श्रीमतीकाे हत्या

काठमाडौं । कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् ।

बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ४२ बजे