खुर्काेटमा बेलिबृज जडान सुरु

नयाँ सरकार गठनबारेमा सत्तारुढ गठबन्धनबीच छलफल सुरु

काठमाडौँ । निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निर्माण बारेमा छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुनुभएको छ ।

सत्तारुढ गठबन्धन आबद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढ्ने भन्ने बारेमा पहिलो पटक काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । 

समानुपातिक तर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद सङ्ख्याका बारेमा निर्क्योल हुने भएपछि सत्तारुढ गठबन्धनले आवश्यक सङ्ख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्नेछन् । 

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ३१ बजे