खुर्काेटमा बेलिबृज जडान सुरु

धनुषा ४: काँग्रेसको यादवले छ सय ८६ मतले लिए अग्रता

धनुषा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत  धनुषा– ४ मा  मतगणना जारी रहेको छ ।   

मतगणना जारी रहँदा नेपाली काँग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ ।  मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिनुभएको थियो । 

मतगणनाको पछिल्ला विवरण  अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । 

उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ४२ बजे