उदयपुर । उदयपुर क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ ।
गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अुनसार ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।
उहाँले दिउँसो ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने बताउनु भयो ।
कुल ७६ हजार ७५६ मत खसे उदयपुर-१ मा ६३ हजार ८० मत गणना भैइसकेको छ । गणना भैइसकेकोमा कांग्रेसका डा. नारायण खडकाले १ हजार ८२५ मतले अग्रता लिनुभएको छ ।
खडकाले २७ हजार ४८४ मत प्राप्त गर्नुभएको भने नेकपा एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६५९ ल्याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार २ : २१ बजे
प्रतिक्रिया