खुर्काेटमा बेलिबृज जडान सुरु

समानुपातिकतर्फ एमालेले कटायो २३ लाखभन्दा बढी मत

​​​​​​​काठमाडौँ । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले २३ लाखभन्दा बढी मत कटाएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको आज बिहान ९ः०० बजेसम्मको मत परिणाम अनुसार एमालेले २३ लाख ८९६ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसले २२ लाख एक  हजार ७९४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ९ लाख ६५ हजार ३४५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७ मत पाएको छ । जनमत पार्टीले २ लाख २१ हजार ४२७, नेकपा एकीकृत समाजवादीले २ लाख २० हजार५२८ मत पाएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी १ लाख ९८ हजार ७७ मत, लोकतान्त्रिक समाजवादी पार्टी १ लाख १९ हजार ४९३ मत र मजदुर किसान पार्टीले ६९ हजार ९४०मत पाएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ०९ बजे