सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप २०२२ : डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रान्स विजयी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । 

दोहास्थित रङ्गशाला ९७४ रङ्गशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । 

फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औँ मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केही बेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । 

खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अङ्क जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अङ्क छ । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ४३ बजे