देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

संरक्षित वन्यजन्तुको छाला सहित पक्राउ

काठमाडौं – कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट १ थान संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गाविस-८ बस्ने ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा  गाउँपालिका-२ बस्ने २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा  प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : १० बजे