मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले) का जितबहादुर मल्ल विजयी हुनुभएको छ ।
मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित हुनुभएको छ ।
एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १० : ०८ बजे
प्रतिक्रिया