बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति

बाँके–१ (२) मा एमालेका दुर्गाप्रसाद चौधरी विजयी

काठमाडौँ । बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का दुर्गाप्रसाद चौधरी विजयी हुनुभएको छ । उहाँले १५ हजार छ सय ५७ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन आयोगले अद्यावधिक गरेको मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाउनुभएको छ । उहाँहरुबीच आठ सय ७७ मतान्तर रहेको छ । 

बाँके प्रदेश क्षेत्र नंं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा(एमाले)का सूर्यप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । 

  सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहनुभएको थियो । 

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ४८ बजे