बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति

काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

काठमाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ(दोङ)प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

निर्वाचन आयोगको मत परिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित हुनुभएको हो । 

त्यसैगरी उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गर्नुभएको छ । 

काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए । 

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : २७ बजे