नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत ल्याउनुभएको छ ।
गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले)का दीपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ११ : ०० बजे
प्रतिक्रिया