काभ्रे प्रतिनिधिसभा–२ मा मत गणना नसकिँदै एमालेका बाँस्कोटा विजयी

काठमाडौँ । काभ्रे प्रतिनिधिसभा क्षेत्र न. २ मा नेकपा एमालेका पालिटव्युरो सदस्य एवम् पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटा मत गणना नसकिँदै विजयी हुने निश्चित भएको छ । 

हालसम्म ५ हजार ९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि हुनुहुन्छ ।

उहाँले हालसम्म ४३ हजार ६ सय ८१ मतसहित अग्रता लिइरहनुभएको छ भने उहाँका निकटतम  प्रतिस्पर्धा नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईँले ३७ हजार ९ सय ६३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले  ९ हजार ४ सय ७८ मत ल्याउनुभएको छ । 

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : १६ बजे