धनुषा–३ मा प्रतिनिधिसभामा एमालेका जुलीकुमारी महतो निर्वाचित

महेन्द्रनगर (धनुषा) । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । 

उहाँले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गर्नुभएको छ भने लोसपा नेता झाले २३ हजार छ सय ८६  मत प्राप्त गर्नुभएको छ । 

महतोले पहिलोपल्ट  प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्नुभएको हो । दुई पटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बन्नुभएको थियो । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक काँग्रेस र एक एमालेको भागमा परेको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ४१ बजे