कपिलवस्तु–१ मा एमालेका उम्मेदवार बलराम अधिकारी निर्वाचित

कपिलवस्तु (बुद्धभूमि) ।  कपिलवस्तु निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार बलराम अधिकारी निर्वाचित हुनुभएको छ । 

अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा(माओवादी केन्द्र)का उम्मेदवार चक्रपाणि खनाल ‘बलदेव’ लाई १५ हजार छ सय ९२ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । 

अधिकारीले ३४ हजार छ सय ७५ मत पाउँदा उहाँका प्रतिस्पर्धी खनालले १८ हजार नौ सय ८३ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा १ का निर्वाचन सहायक अधिकृत शान्तराज आचार्यले जानकारी दिनुभयो ।

जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले आठ हजार तीन सय ९६ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले छ हजार ७५ मत ल्याउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर रायमाझीले चार हजार तीन सय ४१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले तीन हजार तीन ७६ मत पाउनुभयो ।

निर्वाचनमा पराजित खनाल माओवादी केन्द्रका सचिव हुनुहुन्छ । उहाँ २०७४ मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : १९ बजे