दाङ–२ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रका रेखा विजयी

दाङ । दाङ क्षेत्र नं -२ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रेखा शर्मा २६ हजार आठ सय ७७  मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का शङ्कर पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।

उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । 

निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हुनुहुन्छ भने पोखरेल नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुनुहुन्छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ४१ बजे