प्रतिनिधिसभामा गोरखाबाट माओवादीका अध्यक्ष दाहाल निर्वाचित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको छ । 

प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाउनुभयो भने एमालेका अब्दुस मियाँले  ७ हजार ३ सय ९३ मत पाउनुभयो । 

गोरखा–२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो । प्रचण्ड चौथो पटक सांसद बन्नुभएको हो। 

२०६४ मा रोल्पा र काठमाडौँ १० बाट विजयी हुनुभएका उहाँ २०७० मा सिराहा–५ बाट विजयी हुनुभएको थियो। २०७४ मा चितवनबाट निर्वाचित हुनुभएका प्रचण्ड यस पटक गोरखा–२ बाट विजयी हुनुभएको हो ।
 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : २० बजे