पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी विजयी

पर्वत । पर्वतबाट प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पदम गिरी दोस्रो पटक विजयी हुनुभएको छ । 

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अर्जुन जोशीलाई २२६३ मतान्तरले पराजित गर्दै गिरी विजयी हुनुभएको हो ।

एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा काँग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याउनुभएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ४९ बजे