आन्तरिक हवाई उडानमा अत्यधिक चाप

तनहुँ २ : समानुपातिकको मतगणना सुरु

दमौली ।  प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि तनहुँ क्षेत्र नं २ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । आज दिउँसो १ः५० देखि  क्षेत्र नं २ अन्तर्गत समानुपातिकतर्फको मतगणना सुरु भएको हो । 

निर्वाचन अधिकृत गोविन्द उपाध्यायका अनुसार समानुपातिकतर्फको मतगणना सुरु भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक तर्फको मतगणना छुट्टाछुट्टै हुनेछ । 
यसअघि प्रतिनिधिसभा सदस्यमा  नेपाली कांग्रेसका शङ्कर भण्डारी र प्रदेश (क)मा नेकपा (एमाले) का श्यामराजा महत तथा प्रदेश (ख)मा नेपाली कांग्रेसका जीतप्रकाश आले निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ३७ बजे