काठमाडौँ–१० मा काँग्रेसका केसी विजयी

काठमाडौँ । काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । 

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उहाँले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी हुनुभएको हो ।

प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रो पटक निर्वाचित हुनुभएको हो । 

यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ । 

एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : १३ बजे