अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी

अछाम । अछाम क्षेत्र नं १ मा  लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी०का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ । 

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी नेपाली काँग्रेसका बागी उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिए लगत्तै  प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

४१ हजार तीन सय ९२ मतगणना हुँदा एक हजार नौ सय ७७ मत बदर भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ०२ बजे