भक्तपुर क्षेत्र नं. १ (१)मा काँग्रेसका श्रेष्ठ विजयी

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ । 

यही मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका काँग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी हुनु भएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै काँग्रेसका उम्मेदवार श्रेष्ठ विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिनुभयो ।

एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : २७ बजे