साफ यू–१७ च्याम्पियनसिप आजदेखि

थपिए २६६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं – नेपालमा आज थप  २६६ जना  कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो चौबीस घण्टामा  २६६ जना कोरोना  सङ्क्रमित थपिएसँगै नेपालमा  कुल सङ्क्रमितहरुको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । मन्त्रालयका अनुसार हाल १ हजार ६७२ जना सक्रिय संक्रमितहरु  छन् ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् भने हालसम्म २ लाख ७३ हजार ३४२ जना सङ्क्रमितहरु निको भइसकेका छन् ।

पछिल्लो चौबीस घण्टामा चार जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा ३ हजार ३६ जना सङ्क्रमितकाे मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ३९ बजे