लमजुङमा पृथ्वीसुब्बाको अग्रता कायमै

लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गर्नुभएको छ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गर्नुभएका छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले सात हजार दुई सय मत प्राप्त गर्नुभएको छ।

देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार नौ सय नौ मतले अगाडि हुनुहुन्छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले सात सय ७१ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : १६ बजे