ललितपुर क्षेत्र नं . १ मा एमालेका नवराज सिलवालको अग्रता कायम

ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणना मध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । 

यस्तै नेपाली काँग्रेसका उदयशम्शेर जबरा राणा सात सय पाँच मतले दोस्रो स्थानमा हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र छाताको छ मत आएको छ । 

अन्य चुनाव चिन्हले १० मत प्राप्त गरेका छन् भने ९४ मत बदर भएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ११ बजे