काठमाडौँ । काठमाडौँ–१ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिनुभएको छ ।
आज बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाउनुभएको छ ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा हुनुहुन्छ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११ : ०५ बजे
प्रतिक्रिया