ललितपुर । ललितपुरका तीन वटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।
ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिनुभएको छ । नेपाली काँग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइ रहनुभएको छ । सिलवालले ६६५ मत पाउँदा काँग्रेसका राणाले ४०१ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।
उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गर्नुभएको छ भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, ललितपुर–३ मा अमृत खडकाले ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले २८६ मत प्राप्त गर्नुभएको छ । यसअघि जित्नुभएकी नेकपा माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ९ : ३८ बजे
प्रतिक्रिया