आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मुस्ताङमा ३७८ मतले काँग्रेस अगाडि

कास्की ।  मुस्ताङमा नेपाली काँग्रेसले ३ सय ७८ मतसहित अग्रता हासिल गरेको छ । 

मुस्ताङमा अहिलेसम्म गणना भएको ३ हजार ७७९ मत गणना गर्दा काँग्रेसले अग्रता लिएको हो ।

काँग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछ्याई रहनुभएको छ  ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ४१, राप्रपा नेपालका प्रवीणकुमार शेरचनले ५ मत ल्याएका छन् भने हालसम्म गणना भएको मध्य ४० मत बदर भएको छ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ३४ बजे