आन्तरिक हवाई उडानमा अत्यधिक चाप

धनुषा ३ मा एमालेको अग्रता, दोस्रो स्थानमा सिके राउत नेतृत्वको जनमत पार्टी

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ को सुरुआती मतगणनामा नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिनुभएको छ  ।

महतोले ६०८ मतले अग्रता लिँदा दोस्रो स्थानमा सिके राउत नेतृत्वको जनमत पार्टीका शम्भु कुमार साह हुनुहुन्छ ।

उहाँले ३२० मत पाउनुभएको छ भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल कुमार झा ३१० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ०७ बजे