आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ उपत्यकालगायत देशैभरि मतगणना सुरु 

काठमाडौँ । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना आज देशभरि नै हुने भएको छ। 

देशभरिका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मङ्सिरमा स्थगित भएको ठाउँबाहेक आजबाट मत गणनाको कार्य हुदैँछ । साथै, आज बिहानैबाटै केही ठाउँमा मत गणना सुरु भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरु गर्ने तयारी भइरहेको छ।

काठमाडौँ उपत्यका भित्र काठमाडौँ– ७, भक्तपुर–२, ललितपुर २ र ३ को मतगणना सुरु भइसकेको छ भने काठमाडौँका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरु हुँदै छ।

कास्की–२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछ्याउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घण्टी आक्रामक रूपमा देखिएको छ ।

उता, कास्की–२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ । 

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ५४ बजे