आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निर्वाचन आयोगले आज राति ७ः५० मा पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आइतबार राति ७ः५० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । 

आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।

आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिए पनि मतदान स्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् ।  

आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ५ : ४१ बजे