‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बाजुरामा मतपेटिकामा आगजनी

धनगढी । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवती माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताउनुभयो ।

उहाँले आगजनीको कारण भने नखेलेको बताउनुभयो । “आगजनी कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन” रावलले भन्नुभयो, त्यसबारेमा छानविन भइरहेको छ ।” सो मत पेटिकामा ९ सय ५० मत खसेका थिए ।

मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थगित भएको एसएसपी रावलले बताउनुभयो । 

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ मा पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादका कारण मतदान स्थगित भएको छ । सो स्थानमा कांग्रेस र एमाले कार्यकर्ताबीच  झडप हुँदा केही मानिस घाइते समेत भएका छन् ।

बाजुराका अन्य स्थानमा भने मतदान भइरहेको एसएपी रावलले जानकारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ४ : ४५ बजे