आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बागलुङमा जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जाको आरोप

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्तामाथि बुथ कब्जा गरेको आरोप लागेको छ ।  

जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादी समेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।”

उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनुपर्ने माग गर्नुभयो । मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उहाँको भनाइ छ । 

बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ  ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : ५१ बजे