आन्तरिक हवाई उडानमा अत्यधिक चाप

लमजुङमा ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

लमजुङ  । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ । 

निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाका अनुसार अपराह्न ३ः०० बजेसम्म ५३ हजार १५४ मत खसेको छ ।

लमजुङका १३० वटा मतदान स्थानको  १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ  । 

लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।  प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा  छन् ।

लमजुङमा जम्मा एक लाख ३३ हजार ५५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार २८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २७१ पुरुष मतदाता छन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : ४७ बजे