सिन्धुपाल्चोकमा २ः०० बजेसम्म ४४ प्रतिशत मतदान

सिन्धुपाल्चोक । आज जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि भएको मतदानका क्रममा जिल्लामा २ बजेसम्ममा ४४ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ । 

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताउनुभयो । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । 

दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।

​​​​​​​

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ३१ बजे