मौन अवधिमा आचारसंहिता विपरीत बारामा उम्मेदवार कृष्णकुमार श्रेष्ठ र जितेन्द्र सोनलको घरदैलो

बारा । बारामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता विपरीत उम्मेदवारहरूको घरदैलो भएको छ । 

बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिता विपरीत उम्मेदवारहरूको घरदैलो कार्यक्रम भएको हो ।

सता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख)का उम्मेदवार जितेन्द्र सोनलले शुक्रवार बिहान घरदैलो गर्नुभएको हो । 

करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन् ।

​​​​​​​

बिहीबार मध्य राति १२ः०० बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ । तर, यसको उल्ल‌ङ्घन गर्दै किसान र सोनलले शुक्रवार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहनुभएको छ । 

यसबारे खबर पाएको प्रहरीले आचारस‌ंहिता विपरीतका कार्य रोक्न बताएको छ । घरदैलो कार्यक्रम भइरहेको जानकारी आएको बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताउनुभयो।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ०७ बजे