‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बुढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शङ्कास्पद वस्तु फेला

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शङ्कास्पद वस्तु फेला परेको छ ।

हाँडी गाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रवार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बुढानीलकण्ठस्थित स्पेसल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । 

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १० : ०३ बजे