सुनको मूल्यमा नयाँ कीर्तिमान

युएई विरुद्धको निर्णायक खेलमा नेपालले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौँ । युएई विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । 

कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ । 

आज नेपाल जितसहित जितसहित शृङ्खला आफ्नो पक्षमा पार्न चाहन्छ ।  सोमबारबाट सुरु भएको युएई विरुद्धको तीन एक दिवसीय शृङ्खला दुई खेलको समाप्तिमा १–१ को बराबरीको स्थितिमा रहेको छ । 

पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन विकेटको जितसहित शृङ्खलामा १–१ को बराबरी गरेको थियो ।

नेपाल  आज ब्याटिङमा सुधारिएको प्रदर्शनसहित शृङ्खला आफ्नो पक्षमा पार्न चाहन्छ । नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलाका लागि नामिबियाको भ्रमण गर्दैछ । 

युएई विरुद्धको शृङ्खलालाई नेपालले सोही लिगको अभ्यास खेलको रूपमा लिएको छ ।

 

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ३० बजे