‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राप्रपा काठमाडौँ–५ को कार्यालयमा तोडफोड

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्य राति तोडफोड भएको हो । “कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन” प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो।

राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ । काठमाडौँ-५ मा राप्रपाबाट प्राध्यापक डा.रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र काङ्ग्रेसबाट प्रदीप पौडेल उम्मेदवार हुनुहुन्छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : १४ बजे