सुनकाे भाउ २०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनकाे मूल्य ताेलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : १४ बजे