‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

ललितपुरमा दुई जना बालिका बलात्कृत

ललितपुर । ​​​​​​​ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृ भएका छन् । 

ती बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको उजुरी परेपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : २९ बजे