चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ : अध्यक्ष ओली

काठमाडौं  । एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताउनुभएकाे छ । 

सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उहाँले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताउनुभयाे । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताउनुभयाे । 

बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उहाँले बताउनुभयाे ।  ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उहाँले भन्नुभयाे ।  ‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’ अध्यक्ष ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गर्नुभयाे ।

उहाँले सहिद ऋषिराज देवकोटाको विषयमा प्रकाश पार्नुभएकाे थियाे । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ (ख) बाट उम्मेदवार बन्नुभएकाे छ । अध्यक्ष ओलीले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट माग्नुभयाे। 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : ११ बजे