सुनको मूल्यमा नयाँ कीर्तिमान

यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेल सोमबार खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउद र हरिशंकर शाहाले डेब्यू गरेका हुन् ।

आजको खेलमा जित निकाल्दै नेपाल सिरिजमा सहज सुरुवात गर्ने योजनामा छ । यसअघि नेपालले यूएईसँग ६ एकदिवसीय खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा जित निकालेको छ भने यूएईले चार खेलमा जित निकालेको छ ।

पाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । यो खेलमा नेपाल ७८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई १४५ रनले हराउँदा सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित निकाल्न सफल भएको थियो

नेपालका लागि नयाँ कप्तान रोहित कुमार पौड्यलको पनि परीक्षणको रूपमा आजको खेल रहने छ । रोहितले पहिले पटक राष्ट्रिय टोलीका लागि आधिकारिक रूपमा कप्तानको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : २० बजे