सी र बाइडेनबीच भेटवार्ता हुँदै

बाली । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो ।  मंगलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् ।

सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत महिना कम्युनिष्ट पार्टीको महाअधिवेशनपछि आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए ।  सी माओ त्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गर्नेछन् । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : ०० बजे