‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

गोरखामा अब्दुसको टिममाथि आक्रमण, एमाले प्रदेश सचिवालय सदस्य काफ्ले घाइते

गोरखा । गोरखा क्षेत्र नं२ मा नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । 

आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टिमलाई आक्रमण गरेको हो ।

आक्रमणबाट होटलको टेबुल, कुर्सी तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा हुनुहुन्थ्यो ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उहाँलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

गोरखा प्रहरीका अनुसार राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको बताएको छ । कुटपिट गर्ने अन्य तीन फरार छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : १२ बजे