मजदुरका समस्या समाधान एमालेले मात्रै गर्छ : बालकृष्ण शिवाकोटी 

दोलखा । नेकपा एमाले दोलखाका नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले एमाले पार्टीले मात्रै मजदुरका समस्या समाधान गर्ने बताउनुभएको छ ।

आइतबार बिहान जिफन्ट दोलखाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा शिवाकोटीले प्रतिनिधिसभा सदस्यमा आफू निर्वाचित भएपछि हरेक मजदुर वर्गले महसुस गर्ने गरी काम गर्ने बताउनुभयो ।

उहाँले श्रमिकको हकहितका लागि कुनै कसर बाँकी नराख्ने र मजदुरलाई न्याय दिलाउन आफू प्रतिबद्ध भएर लागि पर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेशसभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनुभएको छ । उहाँले मजदुरका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनुभयो ।

उहाँले मङ्सिर ४ गतेको निर्वाचनमा आफूहरूको जित पक्क भएकोले मजदुरहरूको हित हुने गरी ऐन कानुन निर्माण गर्ने र सो को कार्यान्वयनका लागि काम गर्ने बताउनुभयो ।

प्रदेशसभाका उम्मेदवार श्रेष्ठले आफू मजदुर वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा रहेकोले अब आउने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई सूर्य चिन्हमा मतदान गरी जिताउन आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : १७ बजे