जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया हो तापनि पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइ जस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेकोले जलवायु परिवर्तनका असरहरु देखिएका छन।
सन १९७२ को जुन ५ देखि १६ तारिक सम्म स्वीडेनको स्टकहोममा भएको संयुक्त राष्ट्रसंघीय वैज्ञानिक सम्मेललाई पहिलो पृथ्वी शिखर सम्मेलनको नाम दिईएको छ । सम्मेलनमा मानव वातावरणको संरक्षण र संवर्द्धनका लागि सिद्धान्तहरू तय गर्ने घोषणापत्र र सिफारिसहरू सहितको अन्तर्रा्ष्ट्रियका कार्ययोजना पारित गर्यो।
सन् १९७९ को फेब्रुअरी १२ देखि २३ तारिक सम्म जेनेभाको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको विश्व जलवायु सम्मेलनलाई सामान्यतया पहिलो विश्व जलवायु सम्मेलन भनिन्छ । कोप नामक पहिलो बैठक मार्च १९९५ मा जर्मनीको बर्लिनमा भएको थियो। सामान्यतया यो यूएनएफसिसिसि (UNFCCC) को पक्षहरूको सम्मेलन थियो । पार्टीहरूले अन्यथा निर्णय नगरेसम्म कोप (COP) को बैठक प्रत्येक वर्ष हुन्छ । यसै क्रमको निरन्तरता स्वरुप सन २०२२ को नोभेम्बर ६ देखि १८ तारिकसम्म २७ औं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन अर्थात कोप-२७ इजिप्टको शर्म एल शेखमा आयोजना भइरहेको छ । कोप-२७ को दोस्रो हप्ता अर्थात नोभेम्बर १५ देखि १८ सम्म मुख्यतया मन्त्रीहरू उपस्थित हुने उच्च-स्तरीय खण्ड हुने बताईएको छ। १०० भन्दा बढी राज्य वा सरकार प्रमुखहरूको उपस्थितिमा विश्व नेताहरूको शिखर सम्मेलन हुने भनिएको छ।
जलवायु परिवर्तनको कारण उत्पन्न सामूहिक खतराको सामना गर्न कोप संमेलनहरु विश्व नेताहरूको लागि एकता देखाउने अवसरको रुपमा लिने गरिएको छ । यस्ता संमेलनहरु खतराजन्य कृयाकलाप न्युनिकरणमा ठोस कदम चाल्ने ऐकबद्धता जनाउने साझा मन्च हुने आशा गरिएको हुन्छ । पेरिस सम्झौताको कार्यान्वयनलाई समर्थन गर्न काम गर्ने विभिन्न सरोकारवालाहरूद्वारा गरिएको जलवायु कार्य कोप-२७ भरि प्रदर्शन गरिनेछ। पेरिस सम्झौताको १.५ डिग्री सेल्सियस लक्ष्य पुरा उच्च महत्वाकांक्षा र बढ्दो सहयोगको घोषणा गरिने आशा गरिएको छ । जलवायु परिवर्तनले मानव मस्तिष्कको व्यवहारलाई असर गरिरहेको छ कि छैन भन्ने खोजको बिषय हो । तर, यसले बिषयले खासैशी ध्यानाकर्षण गरेको देखिदैन । यसै बिषयमा यो लेखले केहि सन्दर्भ केलाउन खोजेको छ।
मानव मस्तिष्कले आफ्नो क्रमिक विकासको इतिहाससंगै उत्कृष्ट खोजहरू गरेको छ । प्रारम्भिक आविष्कारहरू जस्तै आगो बनाउने, औजार बनाउने, जनावरहरूलाई बसमा राख्ने, खेती गर्ने, र आफ्नो वरपरबाट आउने जोखिमहरू बारे थाहा पाउने र सचेत हुने जस्ता तत्कालका केही उत्कृष्ट खोजहरू थिए । मौसमको प्रकृति अर्थात् स्वभाव परिवर्तनशील रहेको बुझाइ पनि मानव मस्तिष्कले अनुभबबाट निकाललएको तथ्य हो। पृथ्वीमा उदय भएका लाखौं जीवनहरू मध्ये मानव पुर्खाहरूको दिमाग निरन्तर बिकास हुँदै आएको छ, जसले तिनीहरूलाई प्रगतिको आधुनिक चरणहरूमा पुर्यायो र मानबलाई सिमा रहित प्रगति उन्मुख गराई रहेको छ ।
स्पष्टनै छ कि मानव विकास र चलायमान विश्व मौसममा नजिकको सम्बन्ध छ। विश्वव्यापी जलवायु महाद्वीपीय शुस्मगतिय स्थान्तरण (कन्टिनेन्टल ड्रिफ्ट) बाट प्रभावित भएको थियो र छ । पाषाणमानवशास्त्री (Palaeoanthropologists र मानवशास्त्री (anthropologists) ले पनि महाद्वीपीय बहाव सिद्धान्त (continental drift theory) र विभिन्न युगहरूमा हावापानीलाई मानव जातिको विकाससँग जोडेका छन्। ग्रेट लेक चाड क्षेत्रको भाग ९४ मिलियन वर्ष पहिले अरब सागरको तटीय क्षेत्रबाट बन्न सुरु भएको थियो भन्ने धेरै प्रमाणहरू छन् । यस क्षेत्रमा पाइने प्रोसिमियन प्रजातिको जीव ५० – ५५ मिलियन वर्ष पुरानो हो। ग्रेट चाड ताल क्षेत्रहरू र पूर्वी अफ्रिकी रिफ्ट उपत्यकाका क्षेत्रहरू प्रोसिमियनहरू (आदीमानबका पुर्बज जीब) र तिनीहरूका पुर्खाहरूको जन्मभूमि थियो भन्ने निष्कर्ष जलवायु-तापमान प्रतिभा (जीनियस) बन्धन (नेक्सस) नामक पुस्तकका लेखकले निकालेका छन । मानव पुर्खाहरु करिब २०-३० लाख वर्ष पहिले दुई खुट्टे चरणमा पुगेका थिए। यस चरणमा पुगेपछि, होमिनिडहरूले निरन्तर अन्य जीवहरू माथि क्रमश: प्रभुत्व जमाउन शुरू गरिरहे र त्यहि क्रमले आजको पृथ्वीमा मानबले अन्य प्रजातिहरू मध्ये सर्वोच्चता प्राप्त गरे।
परिवर्तनशील मौसमको अवधिमा तापमान धटबढ, तल-माथि अर्थात चिसोपन-तातोपनमा फराकिलो अन्तर हुदै गयो जसले मानब मस्तिष्कलाई अझ जागृत र सक्रिय बनाउँदै गयो। आधुनिक विज्ञान र प्रविधि विकास संग संगै प्रभावशाली समूहहरू देखा परे । सामान्यतया, निश्चित जलवायु र अक्षांश क्षेत्रहरूका केही स्थानहरूमा, समुदायमा, समूहमा, के कारण र कसरी केहि प्रभावशाली प्रतिभाहरू देखा परे र पर्छन् भन्ने बारे तथ्य परक जवाफ ‘जलवायु प्रतिभा (जीनियस) बन्धन(नेक्सस)’ को परिकल्पना बाट खोजिएको छ। मानव मस्तिष्कले प्राप्त गरेको ज्ञान र धारणाहरूमा जलवायु (बिशेसमा तापक्रम, सिसो-तातो) को उतारचढावले विशिष्टिकृत प्रत्यक्ष प्रभाव पार्ने गरेको हुन्छ। आधुनिक बैज्ञानिक, दार्शनिक प्रतिभाहरु (जीनियसहरू) जन्मिएका ५० भन्दा बढी स्थानहरूबाट विभिन्न जलवायुका तथ्यांक सङ्कलन र समीक्षा गरेर माथिको निष्कर्ष निकालिएको हो । धार्मिक पौराणिक कथाहरूमा असंख्य प्रतिभाहरू समाहित छन्। तर उक्त पुस्तकमा समाबेस गरिएका ५१ प्रतिभाहरु ब्रह्मा, विष्णु (राम र कृष्ण), र महेश्वर (शिव) जस्ता उच्च प्रतिभाहरू समावेश गरिएको छैन किनभने तिनीहरूको जन्म स्थानहरूको लागि भरपर्दो मौसम जानकारी उपलब्ध छैनन। त्यसैगरी, इस्लामिक धर्मगुरु मुहम्मदको बारेमा पनि जानकारी समावेश गरिएको छैन ।
संकलित जलवायु तथ्यांकमा अधिकतम, न्यूनतम, र औसत तापक्रम; वर्षा र झरिका दिनहरूको संख्या; हिमपात र हिउँबर्षाका दिनहरूको संख्या; औसत बादल र आर्द्रता; सूर्योदयको औसत घण्टा र घमाइला दिनहरूको संख्या, र वायुमण्डलीय चाप, आदी छन । त्यसैगरी, लेखकले पूर्वी अफ्रिकी रिफ्ट भ्याली, मध्य पूर्व, र भुमध्य रेखा क्षेत्रमा पर्ने ३० भन्दा बढी स्थानहरूबाट जलवायु तथ्यंकहरु समाबेस गरिएका छन । साथै, विभिन्न समयका विभिन्न अनुसन्धानकर्ताहरूको प्रकाशित उपलब्ध लेखबाट विगतका युगहरूको जलवायु अनुमानहरू पनि उल्लेख गरिएका छन् । यद्यपि उपलब्ध डेटा श्रृंखलाहरूमा सबै एउटै अवधिका थिएनन् तापनि ऊपलब्भ तथ्यांकमा तापमान र वर्षाको विश्लेषण, मूल्याङ्कन गरिएर र निष्कर्ष निकालिएको प्रतिपादित परिकल्पना सर्बमान्यकृत गर्न पर्याप्त छन ।
जीवन खतराजन्य धम्कीहरु र आवश्यक पर्ने घटनाहरूको स्मरण अर्थात रेकर्ड मस्तिष्कले राख्छ । मस्तिष्क आफैले क्षमता निर्माण र बृद्धि गर्छ । मानव मस्तिष्क मेमोरी प्रणाली संग सम्बन्धित छ । मस्तिष्कको आत्म-ज्ञानी क्षमता अभिबृद्धि प्रक्रिया मानब बिकास क्रममा युगौ युग पार गर्दै आएको छ । मानव विकास क्रमको लाखौ बर्ष लामो मार्गको पछिल्ला युगहरूमा धार्मिक दर्शनहरू प्रबल हुदै आए । धर्म तथा धार्मिक नीति बैदिक काल र पछिका समयका असाधारण प्रतिभाहरूका सृष्टि हुन । आध्यात्मिक, दार्शनिक, र मनोवैज्ञानिक अवयवहरू, तर्क र विश्वास, साथै तत्कालीन प्रतिभाहरुले सुल्झाउन र उत्तर पाउन नसकेका प्रश्नहरु समेत धार्मिक रचनाहरुमा समेटिएका छन । मानव शरीरविज्ञान, रोगका कारणहरू, जडीबुटीहरूको प्रयोग र भौतिक आविष्कारहरूद्वारा जीवन सहज बनाउने माध्यमहरूबारे धेरै जानकारी नभएको युगमा धार्मिक र मनोवैज्ञानिक तरिकाहरूले मानिसहरूलाई एक प्रकारको प्रतिरोधात्मक क्षमता प्रदान गर्ने गरेका प्रसग पनि पाईन्छन । मस्तिष्कको व्यायाम (ध्यान र योग-ध्यान)को दर्शनलाई शान्त र आराम ल्याउन जीवन क्रमको एक हिस्सा मानिन्थ्यो । मन्त्र र अनुष्ठानहरू शताब्दीयौंदेखि स्वास्थ्य र कल्याणको लागि प्रयोग हुँदै आएका पनि हुन । जन्म, घटना र ग्रह मंडल लगायतको स्मरण र बिश्लेषणको परिणामको प्रसंग मध्ये एक ज्योतिष शास्त्र/कुंडलीको सन्दर्भ पनि आउँछ ।
पक्कै पनि मानव वंशका नयाँ रुप, नयाँ आकार र शरीर संरचनाहरूमा परिवर्तन गर्नको साथै बौद्धिकता सुधार गर्ने सबैभन्दा अनुकूल मौसमको साथ कुनै विशिष्ट स्थानलाई चिनाउन गाह्रो छ । उत्पत्ति तथा शरिर र बुद्धिको विकास क्रममा जहाँ जहाँ होमिनिडहरू बसोबास गर्थे ति ठाउँमा होमिनिड जीवाश्महरू (फोसिलहरु) पत्ता लगाइ उत्खनन गरिएका छन् । अफ्रिका महादेशका केही प्रमुख स्थानहरू जीवाश्महरू अध्ययनका प्रयोगशाला भएका छन् । हालको जलवायुको प्रकृति र क्याम्ब्रियन जलवायु (५४१ देखि २५२ मिलियन वर्ष पहिले)देखि विगतको मौसमका सिमित अनुमान र महाद्वीपीय बहाव सिद्धान्तको साथ समीक्षाबाट लाखौं वर्ष पहिले होमिनिडका पुर्बज जीबहरू अंकुराउनको लागि अत्यधिक अनुकूल ठाउँहरूमा पूर्वी अफ्रिकी रिफ्ट भ्याली र ग्रेट चाड तालका केही ठाउँहरू थिए भन्ने संकेत पईन्छ ।
आधुनिक चिकित्सा विज्ञान, न्यूरोलोजिले प्रमाणित गरेको छ कि मस्तिष्क (स्नायु प्रणाली)ले शरीरका अन्य प्रणाली र अंगहरूको कार्य निर्देशन र नियन्त्रण गर्दछ। प्रतिभाशाली मस्तिष्क कल्पनाशिल र सृजनशील थिए, घटना र चीजहरूको अन्तर्निहित प्रक्रिया बुझ्थ्ये र बुझ्ने क्रम जारि राखिरहे, आविष्कार र सिद्धान्तहरु निकालि रहे, हरेक घटनाहरूमा कारण र जिज्ञासाहरूको जवाफ खोज्ने प्रकृयालाई जारी राखे । यस्ता प्रतिभाशाली दिमागहरूको बिकास क्रमको श्रेय मुख्यतया उनीहरूले सामना गरेको अस्थिर वातावरणलाई र तापमान उतार-चढ़ावमा जान्छ।
तापक्रमको उतार चढावले मानव मस्तिष्कलाई बौद्धिकता निर्माण गर्न निरन्तर जागृत गरिरहेको छ । मानव मस्तिष्कले मानव शरीर विज्ञान र शरीर रचनालाई आकार दिन, हात खुट्टाबाट आधुनिक द्विपदीयमा मोडेल गर्नको लागि मानव मस्तिष्कले प्रमुख भुमिका खेलेको छ । मानव मस्तिष्कको चेतनालाई परिस्कृत गर्न तापक्रमको उतारचढावले प्रमुख भुमिका थियो र रहिरहेको छ । एक स्वस्थ नवजातले 'गर्भबाट बाहिर निस्कने पल'का महसुसहरुमा पहिलो अनुभब तापक्रमको भिन्नतानै हो । जलवायु-तापमान प्रतिभा (जीनियस) बन्धन (नेक्सस) को परिप्रेक्ष्यमा 'जन्मको क्षण' र ‘बाल्यावस्था’ नवजातका लागि प्रतिमान परिवर्तन (paradigm shift) हो।
लाखौं बर्ष देखि आदिम मानवका प्रिमेट नामक प्रजातिहरूका पुर्खाहरू र तिनका वंशहरू तापक्रम भिन्नताको सामना गरे र सो कारणबाट उत्तेजित हुँदै आईरहे । यस कारण वातावरणको अस्थिर तापमानले हाम्रा पुर्खाहरूको बौद्धिकता बिकासमा अहंम भूमिका खेलेको छ । साथै आविष्कार र नवीन बिधि लगायतहरुको पृष्ठभूमि र ज्ञानले प्रतिभा र बौद्धिकता अभिबृधिमा प्रेणा थपि रहेको छ । जलवायु-तापमान प्रतिभा (जीनियस) बन्धन (नेक्सस) (Climate-Temperature Genius Nexus) पुस्तकमा गरिएको विश्लेषणको नतिजाले एउटा महत्वपूर्ण तथ्यलाई समर्थन गर्दछ कि जलवायु, विशेष गरी ४ देखि ३२ डिग्री सेल्सियस सम्मको तापमान भिन्नता अर्थात २८ डिग्री सेल्सियसको तापमान उतार-चढ़ाव परिवेश प्रतिभाशाली व्यक्तिहरूका दिमागलाई महत्त्वपूर्ण उर्वरक पर्यावरण हो । मानव बुद्धिको विकासको लागि उर्वरक अबस्था जन्म र जन्म पछिको बालक अबस्थको पर्यावरण हो । प्रतिभा अंकुरणको लागि एक आदर्श बासस्थानको वातावरणमा अधिकतम तापक्रम ३२ देखि ३६ डिग्री सेल्सियस पुग्नु र न्यूनतम तापक्रम ४ देखि ० डिग्री सेल्सियसको सम्म झर्नु उपयुक्त हुने प्रारंभिक अध्तयनबाट देखिएको छ । प्रतिभा बिकासमा बाताबरणको असर हुने प्रारंभिक अनुमान स्पाक (२०१३), होरोविथ (२०१३) लगायत वैज्ञानिकहरूले सेतो खुट्टा प्रजातिको मुसामा गरेको अध्ययनले पनि देखाएको छ । उनिहरुको अनुसन्धानले शहरी वाताबरणमा बस्ने मुसाहरूमा उनीहरूको ग्रामीण समकक्षहरू भन्दा ठूलो क्रेनियल क्षमता र बढी चतुरपना देखियो । यस नतिजामा बिकासबादी जीबविज्ञान, जर्मनीका सोफी फ्रीम्यान (२०२१) ले भनेका छन -"हाम्रा नतिजाहरू मानव-परिवर्तित वातावरणमा बस्दा समस्या समाधान गर्ने कार्यसम्पादनमा वृद्धि हुन सक्छ भन्ने विचारसँग मिल्दोजुल्दो छ ।"
माथि पस्किएका सन्दर्भमा जलवायु परिवर्तनले मानव मस्तिष्कको व्यवहारलाई असर गरिरहेको छ भन्नेमा अल्मलिनु पर्ने देखिदैन ।
(यस लेखको बिषय सामाग्री लेखकको जलवायु-तापमान प्रतिभा (जीनियस) बन्धन (नेक्सस) (Climate-Temperature Genius Nexus) पुस्तक बाट लिईएको छ)
प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार ९ : ४४ बजे
प्रतिक्रिया