आजको मौसम कस्तो छ ?

काठमाडौँ । आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।  प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । 

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : २८ बजे