एलओडीमा गुञ्जियो ‘केपी बा’ को नारा (तस्वीरहरु)

​​​​​​​काठमाडौं । ४ मंसिरमा हुने निर्वाचनमा लागि चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलस्थित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) मा देखिनुभएको छ  ।

एमालेको नयाँ चुनावी र्‍याप गीत सार्वजनिक गर्न मध्यरातमा अध्यक्ष ओली एलओडी पुग्नुभएको हो । 

मध्यरातमा ओली पुग्दा क्लबका सयौँ युवाले ‘केपी बा’ को नारा लगाउँदै ओलीलाई स्वागत गरेका थिए । 

क्लबमा एमाले सरकारको पालामा भएको विकास निर्माण समेटिएको ‘गाउँ गाउँमा ओली, शहर शहरमा ओली’ गीत समेत सार्वजनिक गरिएको थियो ।

‘गाउँ गाउँमा ओली, शहर शहरमा ओली’ नाम दिइएको गीतमा ओलीले नागरिकता विधेयकमा लिएको अडान, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १ : ५६ बजे