प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : ३६ बजे